काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नं १२ मा कोरोना संक्रमित भेटिएपछि नगरपालिकाका तीनवटा वडा सिल गर्ने तयारी गरिएको छ।
वडा नं १०, ११ र १२ का जनप्रतिनिधिहरुको संयुक्त बैठकले नगर प्रमुखको सल्लाह बमोजिम साेमबार राति १२ बजेदेखि तीनवटै वडा सिल गर्ने तयारी गरेको जारी विज्ञप्तिमा जनाइएको छ। यस अवधिमा कोही पनि घर बाहिर हिँडडुल गर्न नपाउने १२ नं वडा कार्यालयले जनाएको छ।
बूढानीलकण्ठ नगरपालिका–१२ स्थित तेञ्जिङचोक बस्ने एक जना महिलामा कोरोना संक्रमण देखिएपछि सो क्षेत्र आइतबार देखि नै सिल गरिएको थियो।
शंकास्पद ७ जनामा गरिएको परीक्षणमा एक जनामा संक्रमण देखिएको छ भने तीन जनाको परीक्षण नतिजा नेगेटिभ देखिएको छ। तीन जनाको नतिजा आउन बाँकी छ।

प्रतिक्रिया