काभ्रेको धुलिखेलबाट ५० जना भारतीय नागरिक पक्राउ परेका छन्।
सिन्धुपाल्चोकबाट कन्टेनरमा घर फर्किंदै गरेका उनीहरुलाई आइतबार नियन्त्रणमा लिएको काभ्रेका प्रहरी प्रमुख एसपी रविकुमार पौडेलले बताए।
सिन्धुपाल्चोकको जल्केनीमा विद्युत प्रसारण लाइनमा कार्यरत उनीहरुले काम बन्द भएपछि घर फर्किन लागेको बताएका छन्। ‘उनीहरुलाई अहिले खाना खुवाउन लागेका छौं, अब के गर्ने भन्ने विषयमा पनि छलफल भइरहेको छ’, एसपी पौडेलले नेपालखबरसँग भने।
कोरोना भाइरसका कारण धुलिखेल अस्पतालमा एक महिलाको मृत्यु भएपछि त्यसक्षेत्रमा थप कडाइ गरिएको छ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीया सुत्केरी महिलाको बिहीबार राति मृत्यु भएको थियो भने उनको मृत्युको कारण कोरोना भएको शनिबार पुष्टि भएको हो।
6
Shares
प्रतिक्रिया