बाँकेमा क्वारेन्टिनमा बसेका एक युवकको आइतबार बिहान मृत्यु भएको छ।
बाँकेको नरैनापुर गाउँपालिकामा रहेको दीपेन्द्र माविस्थित क्वारेन्टिनमा बसेका २४ वर्षीय युवकको मृत्यु भएको हो।
उनको हेरचाह नभएका कारण मृत्यु भएको भन्दै स्थानीय वासिन्दाले विरोध जनाएका छन्।
नरैनापुर-५ नयाँ बस्तीका ती युवक वैशाख ३० गते भारतबाट फर्किएका थिए।
उनीबारे थप विवरण आउन बाँकी छ।
प्रतिक्रिया