राजनीति


भारतले दियो ३० हजार जना जाँच्ने पीसीआर टेस्ट कीट

भारतले दियो ३० हजार जना जाँच्ने पीसीआर टेस्ट कीट

नेपालखबर
जेठ ४, २०७७ आइतबार ६:१,

भारतीय राजदूत विनय मोहन क्वात्राले भारत सरकारका तर्फबाट नेपाललाई ३० हजार व्यक्तिको जाँच क्षमता भएका कोभिड–१९ टेस्ट किट उपहारस्वरुप प्रदान गरेका छन्।

उनले भारत सरकारका तर्फबाट स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई माइल्याबले उत्पादन गरेको प्याथोडिटेक्ट कोभिड–१९ क्वालिटेटिभ आरटी पीसीआर टेस्ट कीटहरु आइतबार हस्तान्तरण गरेका हुन्।

‘भारतीय जनताका तर्फबाट नेपाली जनताका लागि उपहारस्वरुप प्रदन गरिएको सो टेस्ट किटहरुको सहयोगले नेपालका स्वास्थ्यकर्मीहरुले ३० हजार व्यक्तिको पीसीआर परीक्षण गर्न सक्नेछन्,’ काठमाडौंस्थित भारतीय दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

गत वैशाख १० गते पनि राजदूत क्वात्राले नेपाल सरकारलाई २३ टन औषधी हस्तान्तरण गरेका थिए।

‘औषधी र परीक्षण किटको हस्तान्तरणले कोभिड–१९ महामारीले निम्त्याएको साझा चुनौतीविरुद्ध तयार रहन, सामना गर्न तथा एकसाथ लड्न दुई देशका नेता एवं जनताबीचको जारी सहकार्यलाई दर्शाउछ,’ दूतावासले भनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad