थापाथलीस्थित द ब्रिटिश कलेजले पत्रकारलाई दुर्व्यवहार गरेको जनाउँदै नेपाल पत्रकार महासङ्घअन्तर्गत स्वतन्त्र समाचार सेवा (प्रतिष्ठान शाखा)ले आपत्ति जनाएको छ।
‘विद्यार्थीबाट चर्को शुल्क लिएर दुबईमा कामदारका रूपमा पठाएको’ भन्ने विषयमा समाचार सङ्कलनका लागि पुगेका ‘नेपाल लिड डटकम’का संवाददाता समीर जोशी र क्यामेरापर्सन अमृत भट्टलाई कलेजले आफ्ना सुरक्षा गार्डमार्फत दुर्व्यवहार गरेको स्वतन्त्र समाचार सेवाले विज्ञप्तिमा जनाएको छ।
सो शाखाका अध्यक्ष निरज खतिवडाद्वारा जारी विज्ञप्तिमा त्यसरी सुरक्षा गार्ड लगाएर घेरा हाली कलेज परिसरबाट निस्किन नदिइएको र समाचार सङ्कलनमा अवरोध गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै समाचार सङ्कलनमा पुर्याइएको अवरोध र दुर्व्यवहारमा संलग्नलाई यथाशीघ्र कारबाहीको माग गरिएको छ।
कलेजका मार्केर्टिङ प्रमुख अमरदीप मण्डपले आज अङ्ग्रेजी नयाँ वर्षमा कलेज बिदा रहेकाले सम्बन्धित अधिकारीसँग भेट्न नसकिने भएकाले सुरक्षा गार्डले रोकेको हुन सक्ने बताए।
Shares

प्रतिक्रिया