अनलाइन किनमेल गन्तव्य दराज नेपालले नयाँ वर्षलाई विशेष बनाउने सोचसहित ल्याएको दराज १.१, द नं १ सेल जनवरीसम्म चल्ने भएको छ।
वर्षको सुरुवात उत्साहजनक अफरहरूसँगै गर्न चाहने ग्राहकहरूका लागि यो सेल डिसेम्बर ३१ मा ल्याइएको थियो।
१.१ सेल अवधिभर ग्राहकहरूले विभिन्न श्रेणीका उत्पादनहरूमा ७० प्रतिशतसम्मको फ्ल्यास सेल, ६० प्रतिशतसम्मको मेगा डिल, साथै छानिएका सामग्रीहरूमा निःशुल्क डेलिभरीको सुविधाको मज्जा लिन सक्ने कम्पनीले जनाएको छ।
यस अभियानमा विशेष साझेदार अफरहरू पनि समावेश छन्। गोल्ड पार्टनर ब्राण्डहाउसका तर्फबाट ६० प्रतिशतसम्मको छुट उपलब्ध हुनेछ। एडिडास र रिबकलगायत लोकप्रिय अन्तर्राष्ट्रिय ब्रान्डहरू समेटिएका छन्। त्यसै गरी, सिल्भर पार्टनर नाइकका तर्फबाट ५० प्रतिशतसम्मको छुट उपलब्ध छ। यसले प्रिमियम ब्रान्डहरूलाई अझ किफायती बनाउने दराजको विश्वास छ।
यो सेलको प्रमुख आकर्षणका रुपमा क्रेजी फ्ल्यास सेल पनि रहेका छन्। डिलहरु सीमित समय र सीमित स्टकमा उपलब्ध छन्। साथै, अभियान अवधिभर दैनिक फ्ल्याश सेल मार्फत सामान्य समय भन्दा कम मूल्यमा अफरहरू पनि उपलब्ध छन्। यसले ग्राहकहरूलाई प्रत्येक दिन नयाँ छुट सहितका आकर्षक अफरको अनुभव प्रदान गर्नेछ ।
‘बेस्ट प्राइस’ ट्याग भएका उत्पादनहरूमा विगतझैँ यस पटक पनि दराजको २ गुणा मूल्य अन्तर फिर्ता ग्यारेन्टी लागू भएको छ। यसअन्तर्गत, यदि नेपालभित्र कुनै अन्य अनलाइन प्लेटफर्ममा सोही उत्पादन कम मूल्यमा उपलब्ध भएमा, र योग्यता सर्तहरू समेत पूरा भएमा दराजले मूल्य अन्तरको दोब्बर रकम फिर्ता गर्नेछ।
छुटभन्दा पर, दराज १.१, द नं १ सेलले सहज, भरपर्दो र लाभदायक अनलाइन किनमेल अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ। ग्राहकहरूले स्वास्थ्य तथा सौन्दर्य, फेसन, अडियो र वेयरेबल्स, फर्निचर, होम डेकोर लगायत विभिन्न श्रेणीमा आकर्षक अफरहरू अन्वेषण गर्न सक्नेछन्।
Shares

प्रतिक्रिया