समाज


डा. निकोलसको जीवन रक्षाका लागि चिकित्सक संघको आग्रह

डा. निकोलसको जीवन रक्षाका लागि चिकित्सक संघको आग्रह

माइतीघर मण्डलमा अनशनरत डा. निकोलस भुसाल।


नेपालखबर
पुस १४, २०८२ सोमबार १४:३२, काठमाडौँ

एक सातादेखि माइतीघर मण्डलमा आमरण अनशनरत डा. कमल भुसाल (निकोलस) को जीवन रक्षाका लागि नेपाल चिकित्सक संघले सरकारसँग आग्रह गरेको छ। 

संघले सोमबार प्रेस विज्ञप्ति जारी गरी अनसनरत डा. भुसालको स्वास्थ्य अवस्था बिग्रदै गएकाले जीवन रक्षाका लागि आवश्यक कदम चाल्न सरकारसँग आग्रह गरेको हो। जेनजी आन्दोलनका माग पूरा नभएको भन्दै डा. भुसाल आमरण अनशनमा बसेका छन्। उनीसँगै हरिश विष्ट पनि अनशनस्थलमा छन्। 

चिकित्सक संघल चिसो भुइँमा आमरण अनशन बसेका भुसाल र विष्टलाई स्वास्थ्य समस्यासमेत देखिन सुरु भएको जनाएको छ। डा. भुसाललाई रिंगटा लाग्ने, शरीर सुन्निने लगायत स्वास्थ्य समस्या देखा परेको संघले जनाएको छ। सरकारले गरेको बेवास्ताका कारण उनको स्वास्थ्यमा थप जटिलताहरु देखा पर्दै गएको विज्ञप्तिमा उल्लेख गरिएको छ। 

जेनजी आन्दोलनका क्रममा भएका हत्याका दोषीलाई कारबाही गर्नुपर्ने, डा. भुसालले जेनजी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्नुपर्ने, भ्रष्टाचारको छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग राखेका छन्। 

संविधान संशोधन गरी विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिनुपर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था, प्रदेश र राष्ट्रिय सभा खारेज तथा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामासमेत मागेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad