समाज


आज यी ६ सडक पूर्णरूपमा अवरुद्ध, २ राजमार्ग एकतर्फी

आज यी ६ सडक पूर्णरूपमा अवरुद्ध, २ राजमार्ग एकतर्फी

फाइल फोटो


नेपालखबर
जेठ २२, २०८३ शुक्रबार १०:२, काठमाडौँ

बाढी पहिरोको जोखिम बढेपछि काठमाडौँको सतुंगल-चित्लाङ, कुलेखानी-फाखेलसहित ६ सडक आज पूर्णरूपमा अवरुद्ध भएका छन्। दुई सडकमा एकतर्फी मात्रै गाडी सञ्चालन भइरहेका प्रहरीले जनाएको छ। 

पूर्वी तराई र पहाडी भूगोललाई राजधानी काठमाडौँसँग जोड्ने बीपी राजमार्गमा पनि सवारी सञ्चालनमा रोक लगाइएको छ। 

काठमाडौँको चन्द्रागिरि नगरपालिका-९ देउरालीमा सडक मर्मत कार्य जारी रहेकाले सतुंगल चित्लाङ सडक अहिले बन्द छ। यो सडक एक महिना नै बन्द रहने प्रहरीले जनाएको छ। 

त्यसैगरी सडक मर्मतको काम जारी रहेकाले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ र ४ मा कुलेखानी फाखेल सडक पनि अवरुद्ध छ। यो सडक पनि एक महिना नै अवरुद्ध हुने प्रहरीले जनाएको छ। 

त्यसैगरी सम्भावित बाढीको जोखिम रहेकाले खुर्कोट-नेपालथोक कटुन्जेबेँसी (बीपी राजमार्ग) भएर चल्ने सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। 

उता बाढीको जोखिम बढेपछि पाँचथरको याङवरक गाउँपालिकाका ३ ठाउँमा मध्यपहाडी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ। 

हेर्नुहोस् अवरुद्ध र एकतर्फी सडकको सूची

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad