नेपाल टेलिकमले हाल विद्यार्थीहरुका लागि लक्षित गरेर एनटी फाइबर विद्यार्थी अफर उपलब्ध गराइरहेको छ।
आगामी माघ २२ गते सम्म आवेदन मिति रहेको र विद्यार्थीहरुका लागि मात्र उपलब्ध हुने सो अफर हाल धेरै विद्यार्थीहरुका लागि उपयोगी बनेको छ।
के हो एनटी फाइबर विद्यार्थी अफर?
नेपाल टेलिकमले उपलब्ध गराइरहेको फाइबर टु द होम अर्थात एनटी फाइबर इन्टरनेट अन्तर्गत विद्यार्थीहरुका लागि मात्र लक्षित गरी उपलब्ध गराइएको अफर नै एनटी फाइबर विद्यार्थी अफर हो। एनटी फाइबर अन्तर्गत भ्वाइस, डाटा, एनटीटीभी र मोबाइल डाटा उपलब्ध भइरहेकोमा विद्यार्थीका लागि डाटा मात्र उपलब्ध हुने गरी सो अफर उपलब्ध गराइएको हो।
सो अफर अन्तर्गत ३० एमबीपीएस स्पिडको इन्टरनेट सेवा एक वर्ष सम्म उपलब्ध छ र यसको मूल्य ४ हजार ९९९ रुपैयाँ मात्र छ। यसबाट प्रतिदिन २५ जीबी डाटा चलाउन सकिन्छ भने त्यो भन्दा बढी डाटा खर्च भयो भने यसको स्पिड ५ एमबीपीएस हुनेछ। यसका लागि जडान शुल्क ५०० रुपैयाँ लाग्छ भने विद्यार्थीले १ थान ड्युअल ब्यान्ड सीपीई र बढीमा १०० मिटर ड्रप फाइबर निःशुल्क प्राप्त गर्नेछन्।
अफर लिन के गर्ने?
कुन कुन कागजात संलग्न गर्नुपर्छ?
वि.सं. २०५४ साल वा पछि जन्म मिति रहेका विद्यार्थीहरुका लागि मात्र यो अफर लागु हुनेछ। त्यसैले स्पष्ट जन्म मिति खुल्ने प्रमाणको रुपमा जन्म दर्ता वा नागरिकता प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्नेछ। त्यसैगरी आवेदन फारमका साथ विद्यार्थीको परिचय पत्र पनि अनिवार्य पेश गर्नु पर्नेछ। नाबालिगका हकमा अभिभावकको नागरिकता वा लाइसेन्स वा पासपोर्टको प्रतिलिपि पेश गर्नुपर्नेछ।
यो अफरको समयावधि सकिएपछि पुनः यही प्याकेजमा नवीकरण गर्न मिल्दैन। यसकारण सेवा निरन्तरता चाहनेले साविकका प्याकेजहरु मध्येबाट छनोट गर्नु पर्नेछ र नवीकरण गर्न नचाहेमा उपलब्ध गराइएको सीपीई फिर्ता गर्नुपर्नेछ।
Shares

प्रतिक्रिया