सगरमाथामा हराएको एक सातापछि उद्धार गरिएको आरोही दावा शेर्पालाई आईसीयूमा राखेर उपचार भइरहेको छ भने उनको स्वास्थ्यमा सुधार आइरहेको अस्पताले जनाएको छ।
शुक्रबार ह्याम्स अस्पताले प्रेस विज्ञप्ति जारी गरी आरोही शेपाएको स्वास्थ्य अवस्थाबारे जानकारी दिएको छ। अस्पतालका कार्यकारी निर्देशक डा. ज्योतिन्द्र शर्माले जारी गरेको विज्ञप्तिमा शेर्पाको आईसीयूमा राखेर उपचार भइरहेको जनाएको छ।
सगरमाथा क्षेत्रमा हराएका ५७ वर्षीय शेर्पाको एक सातापछि सफलतापूर्वक उद्धार गरिएको थियो। उनलाई बिहीबार काठमाडौँ ल्याएर ह्याम्स अस्पताल भर्ना गरिएको थियो।
अस्पतालका अनुसार, जलवियोजन, दुवै हातका कान्छी औँला, दायाँ बुढीऔँला र माझी औँलामा हिउले खाएको थियो। त्यस्तै, घुँडामाथि हड्डी फ्याक्चर भएको थियो भने तिघ्राको तल्लो भागमा मांसपेशीभित्र रगत जमेको थियो।
अहिले उनलार्य इन्ट्राभनेस यलोप्रोस्टो थेरापी, पूरक अक्सिन, नशाबाट दिइने तरल पदार्थ र आवश्यकता अनुसार अन्य सहयोगी उपचार भइरहेको अस्पतालले जनाएको छ। ‘शेर्पाको क्लिनिकल अवस्था स्थिर छ भने जलवियोजनमा उल्लेखनीय सुधार देखिएको छ,’ अस्पतालले भनेको छ।
विशेषज्ञ चिकित्सकको टोली उपचारमा खटिएको छ। उनलाई अझै केही दिन आईसीयूमै राखेर उपचार गर्नुपर्ने अस्पताले जनाएको छ।

Shares

प्रतिक्रिया