राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सागर ढकाल चढेको गाडी दुर्घटना भएको छ।
शुक्रबार बागलुङतिरबाट तम्घास आउने क्रममा गुल्मीको रेसुंगा नगरपालिका-४, अर्घलेमा गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
दुर्घटनामा सांसद ढकाललाई सामान्य चोटपटक लागेको जनाएको छ। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
ढकाल गत फागुन २१ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा गुल्मी–२ बाट प्रतिनिधि सभाको सदस्य निर्वाचित भएका थिए।
1.5k
Shares

प्रतिक्रिया