समाज


ओपीडीबाहेकको समयलाई ‘ओभरटाइम’ गणना गर्न चिकित्सक संघको माग

ओपीडीबाहेकको समयलाई ‘ओभरटाइम’ गणना गर्न चिकित्सक संघको माग

नेपालखबर
जेठ २२, २०८३ शुक्रबार १९:४४, काठमाडौँ

नेपाल चिकित्सक संघले चिकित्सकको अनकल/आपतकालीन ड्युटीलाई ‘ओभरटाइम’ गणना गर्नुपर्ने माग गरेको छ।

संघले आज (शुक्रबार) स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउँदै ओपीडीको समयबाहेकको समयलाई ओभरटाइम गणना गर्नुपर्ने माग गरेको हो।

साथै ओपीडीको समय बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनुपर्ने पनि संघको भनाइ छ।

यस्तै निजी मेडिकल कलेजमा कार्यरत प्रध्यापकलाई सरकारी व्यवस्थाअनुरुप पदअनुसारको तलब सुविधा उपलब्ध गराउनुपर्ने, सोअन्तर्गत लेक्चररलाई नवौँ तह सरह र सहप्रध्यापकलाई दशौँ तहसरह नियुक्ति र तलब सुविधा उपलब्ध गराउनुपर्ने संघको माग छ।

त्यस्तै  चिकित्सकहरुलाई १०० प्रतिशत प्रोत्साहन भत्ता/जोखिम भत्त उपलब्ध गराउनुपर्ने, इन्टर्न चिकित्सकहरुको भत्ता एवं पीजी अध्ययनरत आवासीय चिकित्सकहरूको काम गर्ने समय, बिदालगायतका विषयहरु वैज्ञानिक र श्रम ऐनअनुसार हुनुपर्ने, चिकित्सकहरुको हकमा छुट्टै ‘चिकित्सक ऐन’ को व्यवस्था गर्नुपर्ने र विशिष्टीकृत सेवा प्रदान गरिरहेका चिकित्सकहरुलाई ‘अफ आवर’ मा स्वास्थ्य सेवा दिएबापत सेवा कर १५ प्रतिशतमा सीमित गर्नुपर्नेलगायतका माग संघले राखेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad