समाज


दरबारमार्गमा ईभी कार दुर्घटना : प्रहरी र पैदल यात्रीलाई ठक्कर दिँदै केशर महलको पर्खालमा ठोक्कियो

ट्राफिक प्रहरीसहित ३ जना गम्भीर घाइते
दरबारमार्गमा ईभी कार दुर्घटना : प्रहरी र पैदल यात्रीलाई ठक्कर दिँदै केशर महलको पर्खालमा ठोक्कियो

नेपालखबर
मंसिर १६, २०८२ मंगलबार १८:३५, काठमाडौँ

दरबारमार्गमा भएको गम्भीर सवारी दुर्घटनामा ट्राफिक प्रहरी, एक पैदलयात्री र कार चालकसहित ३ जना घाइते भएका छन्। दुर्घटना मंगलबार दिउँसो ३ः१० बजे केशरमहल चोक नजिक भएको हो।

प्रहरीका अनुसार बा.प्र. ०१-०३० च २३४८ नम्बरको ईभी कार दक्षिण गेटबाट केशरमहलतर्फ जाँदै गरेको अवस्थामा अचानक अनियन्त्रित बनेर ट्राफिक कोणमा ठोक्किएको थियो। कारले ड्युटीमा खटिएका ट्राफिक प्रहरी र सडक छेउमा हिँडिरहेका एक पैदलयात्रीलाई समेत ठक्कर दिएको थियो। 

त्यसपछि पनि कार अनियन्त्रित अवस्थामा नै अगाडि बढ्दै ड्रिम गार्डेनको पर्खालमा पनि ठोक्किएको हो।

दुर्घटनामा ट्राफिक प्रभाग दरबारमार्गका प्रहरी हवल्दार पशुराम ठाकुर गम्भीर घाइते भएका छन्। दुबै खुट्टा र छातीमा चोट लागेका ठाकुरको प्रारम्भिक उपचार राष्ट्रिय ट्रमा सेन्टरमा गरिएको र पछि नेपाल प्रहरी अस्पतालमा रिफर गरिएको छ।

ठक्करबाट घाइते भएका ३०-३५ वर्षका एक पुरुष पैदलयात्रीको पहिचान खुल्न सकेको छैन। उनको अवस्था अत्यन्त गम्भीर रहेको र बोल्न नसक्ने अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। 

त्यसैगरी, कार चालक, काठमाडौँ महानगरपालिका-१६ बस्ने ६६ वर्षीय सुरेशराज कालिका पनि घाइते भएका छन्। उनको पनि उपचार भइरहेको छ। 

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad