साहित्य


डा अमर गिरीका दुई कृति एकैसाथ सार्वजनिक

डा अमर गिरीका दुई कृति एकैसाथ सार्वजनिक

नेपालखबर
मंसिर १६, २०८२ मंगलबार १८:४२, काठमाडौँ

कविता, समालोचना, निबन्ध र राजनीतिक स्तम्भ लेखनमा समानान्तर कलम चलाउने डा. अमर गिरीका दुई साहित्यिक कृति एकै साथ बजारमा आएका छन्। गिरीको छैटौँ कविताकृतिका रुपमा ‘रातमा कलम’ र चिन्तनपरक निबन्धहरुको नयाँ सङ्कलन ‘समय, शब्द र संवाद’ बेला पब्लिकेसन्सले प्रकाशन गरेको हो।

कवि गिरी २०३० को दशकदेखि नेपाली प्रगतिवादी कविताका क्षेत्रमा सक्रिय स्रष्टा हुन्। उनका यसअघि नै ‘घाम छेक्ने पहाड, तर पनि हामी जीवित छौं, दुःसाध्य समय, शब्दहरुका बीचमा र समय संवाद जस्ता पाँच कविता कृति प्रकाशित छन्।

गिरीका मौलिक र सम्पादित गरेर दर्जनौँ समालोचना कृति पनि प्रकाशित छन्। उनका प्रमुख समालोचना कृतिमा समय, समाज र संस्कृति, समकालीन नेपाली कविताको वैचारिक परिप्रेक्ष्य, भूमण्डलीकरण र साहित्य, साहित्य विमर्श, कवितामा वर्गद्वन्द्व पर्छन्

उनको सम्पादन र सहसम्पादनमा थुप्रै समालोचना सङ्गालो प्रकाशित छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad