ad ad

समाज


मुस्लिमसँग तरकारी नकिन्न आह्वान गर्ने भाजपा सांसदलाई पार्टीले सोध्यो स्पष्टीकरण

मुस्लिमसँग तरकारी नकिन्न आह्वान गर्ने भाजपा सांसदलाई पार्टीले सोध्यो स्पष्टीकरण

नेपालखबर
बैशाख १८, २०७७ बिहिबार ९:४४,

भारतको सत्तारुढ भारतीय जनता पार्टीका एक सांसदले मुस्लिम पसलेहरुलाई बहिष्कार गर्न आह्वान गरेका छन्। सो घटनापछि पार्टीले उनीसँग स्पष्टीकरण मागेको छ।

‘एउटा कुरा ख्याल गर्नुहोला। म खुल्लमखुल्ला सबैलाई भनिरहेको छु। मुस्लिमसँग तरकारी फलफूल किन्नुपर्ने कुनै जरुरत छैन,’ उत्तर प्रदेशका एक विधायक सुरेश तिवारीले भिडियोमा भनेका छन्।

मुस्लिम व्यापारीले तरकारी तथा फलफूलमा थुकेर संक्रमण फैलाउने गरेको आधारहीन आरोप पनि उनले लगाए।

सो भिडियो भाइरल भएपछि भाजपामाथि दबाब बढेको छ। त्यसैले भाजपाले उनीसँग स्पष्टीकरण सोधेको छ।

पछिल्लो समय भारतमा हिन्दु अतिवादीहरुले कोरोना भाइरस संक्रमणलाई साम्प्रदायिक रङ दिने प्रयास गरिरहेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .