ad ad

समाज


व्यवसायी अग्रवाललाई २५ लाख ५० हजार धरौटीमा छाड्न अदालतको आदेश

व्यवसायी अग्रवाललाई २५ लाख ५० हजार धरौटीमा छाड्न अदालतको आदेश

नेपालखबर
बैशाख १८, २०७७ बिहिबार १०:४,

ज्वरो नाप्ने थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवाललाई २५ लाख ५० हजार धरौटीमा छाड्न अदालतले आदेश दिएको छ।

बिहीबार काठमाडौँ जिल्ला अदालतले अग्रवाललाई २५ लाख ५० हजार धरौटीमा छाड्न आदेश दिएको हो।

बुधबारदेखि सुरु भएको बहसमा न्यायाधीश ब्रजेश प्याकुरेलको एकल इजलासले बिहीबार आदेश सुनाएको हो।

काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार आनन्द श्रेष्ठले व्यवसायी अग्रवाललाई २५ लाख ५० हजार घरौटमिा छाड्न आदेश भएको बताए। उनले अग्रवालले धरौटी बुझाएर छुट्ने तयारी गरिरहेको जानकारी दिए।

अग्रवाल तीन साताअघि थर्मल गन कालोबजारी गरिरहेको अवस्थामा पक्राउ परेका थिए।

बढीमा ५ हजार रुपैयाँ पर्ने थर्मल गनलाई १५ हजार रुपैयाँसम्म लिएर बिक्री गरिरहेको अवस्थामा महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको हो।

जगदम्बा समूहका सदस्य समेत रहेका अग्रवालविरुद्ध चार वटा कसुरमा मुद्दा दायर गरिएको थियो। अग्रवालबिरुद्ध १५ लाख ७८ हजार रुपैयाँ बिगो दाबी गरिएको थियो।

कालोबजारीसम्बन्धी मुद्दाको सुनुवाई जिल्ला प्रशासन कार्यालयले गर्ने भए पनि एक वर्षभन्दा बढी कैद मागदावी भएपछि मुद्दा अदालतमा पुगेको हो।

अग्रवाल नेपालका लागि किर्गिस्तानका अवैतनिक महावाणिज्यदूतसमेत हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .