ad ad

राजनीति


नेकपाका सांसदद्वय र पूर्वप्रहरी प्रमुखविरुद्ध सांसद यादवले दिए मानव अधिकार आयोगमा उजुरी

नेकपाका सांसदद्वय र पूर्वप्रहरी प्रमुखविरुद्ध सांसद यादवले दिए मानव अधिकार आयोगमा उजुरी

नेपालखबर
बैशाख १८, २०७७ बिहिबार ९:४४,

 जनता समाजवादी पार्टीका सांसद तथा पूर्व स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले आफूलाई अपरण गरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन्।

सांसद यादवले आफूलाई अपहरण गरेको भन्दै बिहीबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद महेश बस्नेत,किसन श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध आयोगमा उजुरी दिएका हुन्।

महानगरीय प्रहरी परिसर र सरकारी वकिल कार्यालय काठमाडौंले किटानी जाहेरी दर्ता नगरेपछि सांसद यादव बिहीबार पुल्चोकस्थित आयोगको कार्यालयमा पुगेका हुन्।

 सांसद यादवको उजुरी पत्र राष्ट्रिय मानव अधिकार आयोगका सदस्य प्रकाश वस्ती र मोहन अन्सारीले बुझेका थिए। उजुरीपत्र बुझेपछि उनीहरुले अपहरण भए नभएको बारे अनुसन्धान हुने बताए।

उजुरीमा सांसद यादवले आफ्नो ज्यान अझै जोखिममा रहेको र आफूलाई अपहरण गर्नलाई पक्राउ गरी छानविन र कानुनी कारबाही गर्न माग गरेका छन्।

आयोगका सदस्य वस्तीले अपहरणका बारेमा सत्यतथ्य बुझेर बुझ्ने बताए। उनले भने, ‘अपहरण भएको भए मानव अधिकारको उल्लंघन हुन्छ, मानव अधिकार पुनर्स्थापना गर्न हामी बोल्छौँ।’

काठमाडौंमाबाट गएका सांसदहरु बस्नेत र श्रेष्ठ तथा पूर्वआइजीपी खनालले यादवलाई वैशाख १० गते यादवलाई काठमाडौं ल्याउका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .