समाज


बेलायतमा लगाउन थालियाे कोरोनाविरुद्धको परीक्षण खोप

बेलायतमा लगाउन थालियाे कोरोनाविरुद्धको परीक्षण खोप

नेपालखबर
बैशाख १२, २०७७ शुक्रबार १:८,

युरोपमा कोरोना भाइरसविरुद्धको खोपको मानवमा पहिलो परीक्षण सुरु भएको छ।

बेलायतको अक्सफोर्डमा यो खोप मानिसमा लगाउन सुरु गरिएको बेलायती सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

यसका लागि स्वस्फूर्त रूपमा तयार भएका दुई जनालाई खोप लगाइसकिएको छ भने ८ सय जनाभन्दा बढी मानिसले खोप लगाउने सूचीमा नाम लेखाएका छन् ।

तीमध्ये आधालाई मात्र कोरोना भाइरसविरुद्धको परीक्षण खोप लगाईने र बाँकी आधालाई मेनेनजाइटिसविरुद्धको खोप दिइने बताइएको छ। मेनेनजाइटिसविरुद्धको खोपले पनि कोरोना नियन्त्रण गर्ने ठानिएको छ।

तर खोप लगाउने व्यक्तिलाई आफूलाई कुन खोप दिइयो भन्ने जानकारी हुने छैन, डाक्टरलाई मात्र हुनेछ। पछि त्यही आधारमा कुन खाेपले कति काम गर्‍याे अध्ययन गरिने चिकित्कसले बताएका छन्। 

अक्सफोर्ड विश्वविद्यालयकी भ्याक्सिनोलोजी प्राध्यापक सारा गिल्बर्ट नेतृत्वको टोलीले ३ महिनाभित्रै विकास गरेको खोप मानिसमा परीक्षण सुरु गरिएको हो। उनले यो खोपले कोरोना नियन्त्रणमा प्रभावकारी काम गर्ने अपेक्षा लिएकी छन्।

अक्सफोर्ड विश्वविद्यालयले यसअघि अर्को प्रकारको कोरोना भाइरस मर्सविरुद्ध पनि खोप बनाएको थियो।

यसअघि नै अमेरिका, चीन तथा जर्मनी, फ्रान्ससहितका देशमा पनि कोरोना भाइरसविरुद्धको खोप विकास भइरहेका छन् र तीमध्ये तीन खोप मानिसमा परीक्षण गर्ने तयारीमा पुगेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad