समाज


कौशलटारमा मोटरसाइकल दुर्घटना हुँदा ३० वर्षीय युवाको मृत्यु

कौशलटारमा मोटरसाइकल दुर्घटना हुँदा ३० वर्षीय युवाको मृत्यु

नेपालखबर
बैशाख १२, २०७७ शुक्रबार १:५,

भक्तपुरको कौशलटारमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ।

बिहीबार साँझ मध्यपुरथिमी नगरपालिका ३ कौशलटारमा बा ३९ प ५७४१ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भइ दुर्घटना हुँदा मध्यपुरथिमि नगरपालिका ५ का ३० वर्षीय अजय श्रेष्ठको मृत्यु भएको हो।

घाइते श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत थिमिका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि मध्यपुर अस्पताल पुर्याइएको थियो। उपचार कै क्रममा उनको मृत्यु भएको हो।

पानी परेर चिप्लो भएको सडकमा तीब्र गतिमा गुडाउँदा अनियन्त्रित भएर मोटरसाइकल पल्टिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad