महिलाको अश्लील भिडिओ सामाजिक सञ्जालमा राखी चरित्र हत्या गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारतको गुहाटी मदनपुर आसाम बस्ने वर्ष २६ को जावरुल हक रहेको प्रहरीले जनाएको छ।
प्रहरीको साइबर ब्यूरोका अनुसार ति ब्यक्तिले पीडित महिलाको अश्लील भिडिओ / तस्विर दुरुपयोग गरी ब्ल्याक मेल गर्नुका साथै दुःख हैरानी दिई अनुचि लाभका लागि बारम्बार दबाब दिएका थिए।
पीडकको अभीष्ट पुरा नभए पश्चात् उक्त भिडिओ/ तस्विर सामाजिक सञ्जाल टिकटकमा अपलोड गरी चरित्र हत्या गरेको पाइएको छ।
उनलाई ब्यूरोको टोलीले यही असार २६ गते काठमाडौँ महानगरपालिका-२७ बाट पक्राउ गरी विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालत बाट पाँच दिन म्याद थप भई अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया