नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको घरअगाडि पनि शंकास्पद गाडी पार्किङ गरिएको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईले रातोपुलस्थित थापा निवासअगाडि बाटो बन्द गर्ने गरी पार्किङ गरिएको सूचना आएको बताए।
‘हामीलाई भर्खरै जानकारी आएको छ। अहिले घटनास्थलमा टोली खटाइसकिएको छ’, एसपी भट्टराईले नेपालखबरसँग भने। थापाको घर अगाडि बीएसी ९५७५ नम्बरको गाडी राखिएको छ।
यसअघि कान्तिपुर, अनलाइन खबर, हिमालय टेलिभिजनको कार्यालयअगाडि पनि गाडी राखिएको थियो। अनामनगरको भाटभटेनीअगाडि पनि गाडी फेला परेको छ।
यी सबै गाडी प्रहरीले क्रेनको मद्दतमा उठाएर उपत्यका ट्राफिक प्रहरी कार्यालयमा लगेको छ। गाडी कसको हो र किन राखियो भन्ने अनुसन्धान भइरहेको एसपी भट्टराईले बताए।
90
Shares

प्रतिक्रिया