फेरि अमेरिका-इरान हानाहान हुन थालेपछि पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इसाक दारले इरानी विदेशमन्त्री सैयद अब्बास अरघचीलाई टेलिफोन गरेक छन्।
पाकिस्तानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार इसाक दारले सम्बन्धित सबै पक्षलाई तनाव कम गर्न र संयम अपनाउन अपिल गरे।
उनले भने, ‘जुन २०२६ मा हस्ताक्षर गरिएको इस्लामाबाद सम्झौतापत्र (एमओयू) मा पनि तनाव कम गर्न, संवाद र कूटनीतिलाई प्राथमिकता दिने सहमति भएको थियो।’
यस्तै उनले संवाद र कूटनीति नै विवाद समाधान गर्न र क्षेत्रमा दिगो शान्ति स्थापना गर्न सबैभन्दा प्रभावकारी मार्ग रहेको बताए।
विज्ञप्तिमा भनिएको छ, ‘इसाक दारले क्षेत्रीय शान्ति र स्थिरता प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने पाकिस्तानको प्रतिबद्धता पनि दोहोर्याउनुभयो।’
टेलिफोन संवादका क्रममा दुवै नेता क्षेत्रीय घटनाक्रममा सम्पर्क र समन्वय कायम राख्न सहमत भएको जनाइएको छ।
Shares

प्रतिक्रिया