समाज


नक्कली शरणार्थी मुद्दामा आज तोकिएन सजाय, फेरि भोलि सुनुवाइ

नक्कली शरणार्थी मुद्दामा आज तोकिएन सजाय, फेरि भोलि सुनुवाइ

नेपालखबर
असार २९, २०८३ सोमबार १७:२८, काठमाडौँ

नक्कली भुटानी शरणार्थीसम्बन्धी सजाय निर्धारणका लागि पेसी तोकिएको मुद्दा ‘हेर्दाहेदै’मा राखिएको छ। 

सोमबार जिल्ला अदालत, काठमाडौँका न्यायाधीश तेजबहादुर खड्काको इजलासमा सुनुवाइ भएको हो। आज सुनुवाइ नसकिएपछि यो मुद्दालाई हेर्दाहेर्दैमा राखिएको छ। यसमा मंगलबार सुनुवाइ हुने जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी शिव खतिवडाले बताए।

यस मुद्दामा न्यायाधीश खड्काको इजलासले असार २४ गते फैसला सुनाएको थियो। जसमा १६ जनालाई दोषी ठहर गरिएको थियो भने सात जनाले सफाइ पाएका थिए। 

दोषी ठहर हुनेमा टोपबहादुर रायमाझी, बालकृष्ण खाँड, टेकनारायण पाण्डे, केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई,  सन्देश शर्मा, डा। इन्द्रजीत राई, विक्रम भन्ने गोविन्दकुमार चौधरी, आङटावा शेर्पा, टेकनाथ रिजाल, नरेन्द्र केसी,  शमशेर मिँया, हरिभक्त महर्जन, निरन्जनकुमार खरेल र बेचन झा रहेका छन्।

सफाइ पाउनेमा भने रामशरण केसी, टंककुमार गुरुङ, सन्दीप रायमाझी, प्रतीक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकी रहेका छन्।

दोषी ठहर भएका व्यक्तिलाई सजाय निर्धारण गर्न आज पेसी तोकिएको थियो। आज सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad