शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालयका भिसी, रजिस्ट्रार, रेक्टरलगायतसँग छलफल गर्दै विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनेबारे सुझाव मागेका छन्।
आफ्नो प्रश्नमा विश्व विद्यालयलाई राजनीति मुक्त क्षेत्र नबनाएसम्म त्यो सम्भव नभएको उनीहरुले बताएको मन्त्री पुनको भनाइ छ। ‘आज शिक्षा मन्त्रालयमा त्रिभुवन विश्वविद्यालयको भिसी, रजिस्ट्रार, रेक्टर, सम्पूर्ण डीनसरहरूसहित अन्य फ्याकल्टी मेम्बरहरुलाई मैले सोधेको प्रश्न-विश्वविद्यालयको गुणस्तर सुधारेर यसलाई कसरी अन्तर्राष्ट्रिय स्तरको विविद्यालयमा परिणत गर्न सकिन्छ?,’ उनले फेसबुकमा लेखेका छन्, ‘भिसीसहित सम्पूर्ण टीमको एउटै उत्तर-विश्वविद्यालयलाई राजनीति मुक्त क्षेत्र नबनाएसम्म त्यस्तो सुधार गर्न सम्भव छैन वा धेरै गाह्रो छ।’
त्यसपछि आफूले त्यसबारे एकमुष्ठ र ठोस उपायहरू देशैंपछि ल्याउन निर्देशन दिएको मन्त्री पुनले उल्लेख गरेका छन्।
Shares

प्रतिक्रिया