समाज


प्रदर्शनमा मृत्यु भएका १८ जनाको शव पोस्ट मार्टम

प्रदर्शनमा मृत्यु भएका १८ जनाको शव पोस्ट मार्टम

त्रिवि शिक्षण अस्पताल


नेपालखबर
भदौ २९, २०८२ आइतबार १३:३७, काठमाडौँ

जेनजीको प्रदर्शनपछि भदौ २३ र २४ गते मृत्यु भएका १८ जनाको शव पोस्ट मार्टम भएको छ।

महाराजगंज स्थित त्रिवि शिक्षण अस्पतालमा  १८ जनाको शव पोस्ट मार्टम भएको हो। अस्पतालका फरेसिन्क विभाग प्रमुख डा गोपाल चौधरीले ४० वटा शव संकलन भएका मध्ये १८ जनाको पोस्ट मार्टम भएको बताए। पोस्ट मार्टम भएका १४ वटा शव परिवारको जिम्मा लगाइएको उनले जनाए। 

२२ वटा शवको प्रहरीबाट पोस्ट मार्टम गर्नु  भनि सिफारिस पत्र नआएका कारण प्रक्रिया रोकिएको फरेसिन्क विभाग प्रमुख डा चौधरीले बताए। 

‘प्रहरीको पत्र नआएका कारण पोस्ट मार्टम हुन सकेको छैन्, पत्र आए पछि प्रक्रिया सुरु गर्छौ,’ उनले भने। मृतक अधिकांश ३० वर्ष मुनिका रहेको उनको भनाइ छ।

पूर्ण रुपमा जलेर डीएनए मार्फत पहिचान गर्नुपर्ने शवहरु पनि आएको भन्दै डा चौधरीले पोस्ट मार्टम पछि डीएनए परीक्षण गर्ने जानकारी दिए।

‘डीएनए परीक्षण लामो समय लाग्ने भएकाले अहिले पोस्ट मार्टमलाई प्राथमिकता दिएका छौँ,’ उनले भने ‘परिवारको सदस्यसँग मिलाएर परीक्षण गर्नुपर्छ त्यसकारण केही समय लाग्छ।’

जेनजी आन्दोलनको क्रममा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र ३ जना सुरक्षाकर्मी गरी ७२ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad