समाज


मोरङमा कार्यालय प्रमुखहरूको बैठक: क्षति मूल्यांकन गरी चाँडो सेवा प्रवाह गर्ने निर्णय

मोरङमा कार्यालय प्रमुखहरूको बैठक: क्षति मूल्यांकन गरी चाँडो सेवा प्रवाह गर्ने निर्णय

नेपालखबर
भदौ २९, २०८२ आइतबार १३:५४, विराटनगर

मोरङमा रहेका कार्यालय प्रमुखहरूको बैठकले जेनजी आन्दोलनका क्रममा भएको क्षतिको तत्काल मूल्यांकन गरी सेवाप्रवाह सुरु गर्ने निर्णय गरेको छ।

आइतबार बसेको बैठकमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले क्षतिको विवरण तयार गरि रकम यकिन गर्ने, त्यसको विवरणको मूचुल्का तयार गर्ने र सकभर छिटो सेवाप्रवाह गर्ने व्यवस्था मिलाइने निर्णय भएको बताए। 

सेवा दिन नसकिने अवस्थामा भने सोको जानकारी सेवाग्राहीलाई तुरुन्त गराइने उनको भनाई छ। 

त्यसैगरी जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय तथा नापी कार्यालय सूचारु नभएसम्म वडा कार्यालयमार्फत सिफारिस नदिन भनिएको छ। 

जनजीवन सामान्य हुँदै गएको अनुभूति हुने गरी निरन्तर समन्वय गर्ने पनि बैठकमा छलफल भएको प्रजिअ यादवले बताए।

प्रमुख जिल्ला अधिकारी यादवले बैठकमा सहभागिता जनाएका सबै कार्यालय प्रमुखले कार्यालयको काम सहज बनाउन आजैदेखि काम थाल्ने प्रतिवद्वता जनाएका छन्। 

यस्तै मोरङका प्रमुख जिल्ला अधिकारी यादवले तोडफोड भएर जल्न बाँकी रहेको सटरबाट काम थालेका छन्। नागरिकका आकस्मिक समस्यालाई सम्बोधन गर्नका लागि सटरबाट काम थालिएको  जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad