समाज


डडेल्धुरा कारागार तोडेर भागे ८५ कैदीबन्दी, २६ जना फेरि पक्राउ

डडेल्धुरा कारागार तोडेर भागे ८५ कैदीबन्दी, २६ जना फेरि पक्राउ

गोकुल जोशी
भदौ २५, २०८२ बुधबार १०:३५, कञ्चनपुर

डडेल्धुरा कारागारका कैदीबन्दी तोडफोड र आगजनी गरेर भागेका छन्। बुधबार बिहान कारागारमा तोडफोड र आगजनी गरेर ८५ कैदीबन्दी भागेका छन्।

तीमध्ये २६ जनालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएर फेरि कारागारमै राखेको जेलर सन्तोष भट्टले बताए। 

उनका अनुसार अहिले कारागारको स्थिति नियन्त्रणमा छ। नेपाली सेना, जनपद प्रहरी र सशस्त्र प्रहरीले कारागारमा पहरा दिइरहेका छन्। 

तोडफोड र आगजनीबाट कारागारमा सामान्य क्षति पुगेको जेलर भट्टले बताए। कारागारमा १ सय २७ बन्दी कैद भुक्तान गरिहेका छन्। डलेलधुरामा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad