समाज


सर्वोच्च अदालतको सेवा अनिश्चितकालका लागि स्थगित

सर्वोच्च अदालतको सेवा अनिश्चितकालका लागि स्थगित

फाइल तस्बिर


नेपालखबर
भदौ २५, २०८२ बुधबार १०:५६, काठमाडौँ

सर्वोच्च अदालतको सेवा अनिश्चितकालका लागि स्थगित भएको छ। 

अदालत प्रशासनले आज हस्तलिखित सूचना जारी गर्दै अर्को सूचना नभएसम्मको लागि मुद्दाहरुको सम्पूर्ण सुनुवाइ स्थगित गरिएको जनाएको छ। 

सर्वोच्चका मुख्य रजिष्टारले जारी गरेको सूचनामा भनिएको छ, ‘भदौ २४ गतेको आगजनीको कारण सर्वोच्च अदालत पूर्णरुपमा जलि अदालतमा रहेका मुज्ञाका मिसिल, सर्भर, इजलाससमेत जलेर नष्ट भएको हुँदा आजको लागि तोकिएका मुद्दाहरुको पेसी, स्थगित गरिएको र भोलिदेखि पेसीमा रहेका मुज्ञाहरुको सुनुवाइ अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको व्यहोरासमेत जानकारीको लागि अनुरोध छ। यसबाट सर्वसाधारण सेवाग्राहीमा पर्न गएको असुविधाको लागि सर्वोच्च अदालत दुःख व्यक्त गर्दछ।’ 

मंगलबार आन्दोलनकारीले गरेको आगजनीबाट सर्वोच्चको कानून पत्रिका, न्यायिक संग्रहालयका पुरातात्विक वस्तुहरू, अभिलेखहरू र डाटा सेन्टरमा समेत आगोले जलेर नष्ट भएको छ। 

यसैगरी, महान्यायाधिवक्ता कार्यालय, जिल्ला अदालत, जिल्ला सरकारी वकिल कार्यालय र विशेष सरकारी वकिल कार्यालयमा पनि आगजनी र तोडफोड भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad