ad ad

समाज


वीर अस्पतालबाट पनि कोरोना परीक्षण सुरु, संक्रमितको संख्या ९ मै सीमित

वीर अस्पतालबाट पनि कोरोना परीक्षण सुरु, संक्रमितको संख्या ९ मै सीमित

नेपालखबर
चैत २९, २०७६ शनिबार १२:१४,

सरकारले सात दिन यता कोरोना भाइरस (कोभिड–१९)को नयाँ संक्रमण फेला नपरेको जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सात दिनयता कुनै पनि नयाँ संक्रमण नभेटिएको बताए।

उनले प्रत्येक दिन सात÷आठ सयभन्दा बढीको परीक्षण भइरहेको तर नयाँ संक्रमण फेला नपरेको प्रस्ट पारे। यस्तै परीक्षणको दायरा बढाउन शनिबारदेखि काठमडौंको वीर अस्पतालबाट समेत परीक्षण सुरु गरिएको उनले बताए।

प्रवक्ता देवकोटाले आइतबारदेखि शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुबाट समेत परीक्षण शुरु हुने बताए।

अहिलेसम्म नेपालभर स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले सञ्चालन गरेको क्वारेन्टिनमा ८ हजार ८२ जना रहेको उनले जानकारी दिए। क्वारेन्टिनमा बसेका सबैको ¥यापिड डाइगोनेस्टिक किटबाट परीक्षण गर्ने तयारी गरिएको समेत उनले बताए। यस्तै अहिलेसम्म आइसोलेसनमा ८२ जना रहेको समेत प्रवक्ता देवकोटाले बताए।

उनले तीन दिन यता ¥यापिड डाइगोनेस्टिक किटको माध्यमबाट परीक्षणको दायरा बढाइएको बताए। उनले विदेशबाट आउने व्यक्तिहरु नेपाल आइसकेको १४ दिनभन्दा बढी भएको अवस्थमा यो किटको परीक्षणबाट सही रिपोर्ट आउने भएकाले दायरा बढाइएको बताए। यस्तै ७७ वटै जिल्लामा ¥यापिड डाइगोनेस्टिक कीटबाट परीक्षण गर्ने तयारी गरिएको समेत उनले जानकारी दिए।

यस्तै सरकारले सञ्चालन गरेको कल सेन्टरमा पछिल्लो २४ घण्टामा ३ हजार ४० जनाको जिज्ञासाको सम्बोधन भएको उनले बताए। पछिल्लो २४ घण्टामा ५ जना रेड जोनमा परेको र अहिलेसम्म १ सय ८९ जना रेड जोनमा रहेको उनको भनाइ थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .