समाज


पश्चिमतिर सर्दै वर्षा गराउने बादल, सतर्कता अपनाउन सुझाव

पश्चिमतिर सर्दै वर्षा गराउने बादल, सतर्कता अपनाउन सुझाव

नेपालखबर
असार २९, २०८३ सोमबार ७:२, काठमाडौँ

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल (सोमबार बिहान) कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

अन्य प्रदेशका भने एक-दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम महाशाखाले आज बिहान ६:४० बजे जनाएको छ। 

महाशाखाका अनुसार विगत ६ घण्टामा गण्डकी, बागमती र कोसी प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा एक-दुई स्थानमा धेरै भारी वर्षा भएको छ। सबैभन्दा बढी वर्षा सिन्धुली जिल्लाको दुधौलीमा ८५.६ मिलिमिटर मापन गरिएको छ।

सचेत गराउँदै मौसम महाशाखाले अगाडि भनेको छ, ‘पछिल्लो ६ घण्टामा देशका धेरैजसो स्थानमा वर्षा भएको छ। वर्षा गराउने बादल पश्चिमतिर सरिरहेकाले यी र आसपासका क्षेत्रहरूमा अझै थप वर्षाको सम्भावना छ, आवश्यक सतर्कता अपनाउनुहोला।’

यो पनि : काठमाडौँमा १२ घण्टादेखि वर्षा, कहिले रोकिएला?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad