काठमाडौँ उपत्यकामा आइतबार दिउँसोदेखि वर्षा भइरहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार उपत्यकामा अहिले (सोमबार बिहान ६:२५ बजे) पनि हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।
‘काठमाडौँको चाँगुनारायण साइडतिर हिजो दिउँसोबाट वर्षा सुरु भएको थियो। रातिचाहिँ त्यहाँ त्यस्तो पानी परेन। तर काठमाडौँभित्र वर्षा भएको छ’, उनले नेपालखबरसँग भनिन्, ‘१२ घण्टाको डेटा हेर्दा काठमाडौँका प्राय ठाउँमा मध्यम वर्षा भएको छ।’
उनले थपिन्, ‘वर्षा रोकिन केही टाइम लाग्छ। पानी पार्ने प्रणाली केही कमजोर त हुँदै छ।’
तर बिस्तारै पानी पर्न कम हुँदै दिउँसो केही बेर घाम देखिए पनि फेरि बादल बढ्ने र मध्यमसम्म वर्षा हुने सम्भावना रहेको मौसमविद् महर्जनले बताइन्।
‘दिउँसो र रातिलाई पनि मध्यमसम्म वर्षाको सम्भावना छ’ , उनले भनिन्, ‘दिउँसोभन्दा साँझ र राति वर्षाको सम्भावना बढी देखिन्छ।’
देशभरको मौसम र वर्षाबारे भने मौसम महाशाखाले अहिले बिहान ८ बजे अद्यावधिक विस्तृत बुलेटिन जारी गर्नेछ।
Shares

प्रतिक्रिया