नेकपाका नेता तथा पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले कीर्तिपुरस्थित बर्न अस्पतालमा पुगेर सर्लाहीका विवेक मण्डलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
सर्लाहीको गोडैता नगरपालिका-१० सिसौटिया निवासी ३५ वर्षीय विवेकले गएको शुक्रबार दिउँसो आफ्नै घरमा आत्मदाहको प्रयास गरेका थिए। उनको चिन्ताजनक अवस्थामा कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ।
मण्डलको स्वास्थ्य अवस्थाबारे जानकारी लिन श्रेष्ठ आइतबार कीर्तिपुरस्थित बर्न अस्पताल पुगेका हुन्।
श्रेष्ठले मण्डलेको उपचारको अवस्थाबारे चिकित्सकसँग जानकारी लिनुका साथै मण्डलका परिवारजनसँग पनि भेट गरेका छन्।
मण्डलेका ८५ प्रतिशत शरीरमा जलन भएको उपचारमा संलग्न चिकित्सक डा.किरण नकर्मीले जानकारी दिएका छन्।
एमएस्सी गरेका युवकको आत्मदाह प्रयास: कस्तो छ विवेकको स्वास्थ्य अवस्था?
Shares

प्रतिक्रिया