वैदेशिक रोजगारीका लागि बेलायत (यूके) पठाइदिने भन्दै १ करोड २० लाख ४४ हजार रुपैयाँ ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा ललितपुर महानगरपालिका २५ बस्ने वर्ष ४०का प्रभाष रिसाल रहेका छन्।
उनले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि यूके लैजाने भन्दै सम्पर्कविहीन भएकोमा पीडितले दिएको जाहेरीका आधारमा ललितपुरको एकान्तकुनाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
546
Shares

प्रतिक्रिया