नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा महामन्त्री गगन थापाले पूर्वमन्त्री तथा केन्द्रीय सदस्य मोहन बस्नेतले आफूमाथि लगाएकोआरोपलाई फोहोरको संज्ञा दिएका छन्।
थापाले केन्द्रीय समिति बैठकमा बस्नेतले आफूमाथि लगाएको आरोपलाई खारेज गर्दै भनेका छन्- फोहोर चलाएर म फोहोरी बन्न चाहन्न।
टेरामाक्स प्रकरणमा मुछिँदै धरौटीमा छुटेका मोहन बस्नेतले केन्द्रीय समिति बैठकमा गगन थापालाई लक्षित गर्दै आरोप लगाएपछि थापाले ती आरोपलाई ‘राजनीतिको तह र सभ्यताको सीमा नाघ्ने’ भन्दै जवाफ फर्काएका हुन्।
‘बाले भन्नुहुन्थ्यो–कसैले आरोप लगाए जवाफ दिइहाल्नुपर्छ। आमाले भन्नुहुन्थ्यो- फोहोर नचलाउनु, फोहोर चलाए आफैँ फोहोरी भइन्छ,’ थापाले भने, ‘आज म आमाको कुरा सुन्छु।’
थापाले आफ्नो अनुपस्थिति रहेका बेला बैठकमा धम्कीपूर्णर अभद्र व्यवहार देखाउने प्रवृत्ति देखाएको भन्दै आलोचना गरे।
‘म तरुण दलको अनशनरत साथीहरूको माग सम्बोधन गर्न वार्तामा थिएँ,’ उनले भने, ‘तर बैठकभित्रै एक केन्द्रीय सदस्यले हुंकार मिश्रित धम्की दिनुभयो रे। त्यो नैतिक पतन हो।’
Shares

प्रतिक्रिया