समाज


काजमा बसेका कर्मचारी नफर्किएपछि स्वास्थ्य मन्त्रालयले माग्यो विवरण

काजमा बसेका कर्मचारी नफर्किएपछि स्वास्थ्य मन्त्रालयले माग्यो विवरण

नेपालखबर
असार १८, २०८२ बुधबार १८:२५, काठमाडौँ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काजमा बसेका कर्मचारी तोकिएको स्थानमा नगएपछि कर्मचारीको विवरण मागेको छ।

मन्त्रालयले बुधबार सार्वजनिक सूचना प्रकाशन गरी ३ दिनभित्र आफूमातहत रहेको कर्मचारीको विवरण उपलब्ध गराउन निर्देशन दिएको हो। मन्त्रालयले संघ अन्तर्गतका १३ अस्पताल र विभागमा कार्यरत कर्मचारीको विवरण उपलब्ध गराउन भनेको छ। 

मन्त्रालयले गत जेठ २८ गते काजमा रहेका र सरुवा भई रमाना हुन बाँकी कर्मचारीलाई खटाइएको स्थानमा ३ दिनभित्र हाजिर हुन निर्देशन दिएको थियो। अटेर गर्ने कर्मचारीलाई विभागीय कारबाही समेत गर्ने भन्दै सचिवस्तरीय निर्णय गरेको थियो। 

मन्त्रालयले संघ अन्तर्गतका अस्पताल र विभागमा काजमा मिलाएर बस्ने कर्मचारीलाई ३ दिनभित्र खटाइएको स्थानमा जान भनेको थियो। तर, काजमा बसेका कर्मचारी फिर्ता नभएपछि मन्त्रालयले कर्मचारीको विवरण संकलन सुरु गरेको छ। 

स्वास्थ्य सेवा विभाग, आयुर्वेद तथा वैकल्पिक विभाग, औषधि व्यवस्था विभाग, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल, ट्रमा सेन्टर, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र, कान्ति बाल अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र र भेरी अस्पताल, भरतपुर, नारायणी, कोसी, डडेलधुरा, मानसिक अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल,गजेन्द्रनारायण, पश्चिामाञ्चल क्षेत्रीय अस्पताल, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा कार्यरत कर्मचारीको विवरण पढाउन भनेको हो। 

सचिवस्तरीय निर्णय गरेर सेवा सुविधा कटौती गर्ने निर्णयलाई कर्मचारीले नटेरेपछि मन्त्रालयका प्रवक्ता डा बुढाथोकी देशभर स्वास्थ्यका कति कर्मचारी काजमा छन् भन्ने अध्ययन गरेर मात्र  साउन १ गतेदेखि लागू गर्ने जनाएका छन्।

मन्त्रालयमातहतका विभिन्न विभाग र मन्त्रालयमा कार्यरत करिब हजार १० जना कर्मचारी काजमा बसेका छन्। त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमै कार्यरत २४ जना कर्मचारी काजमा बसेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad