राजनीति


दिल्लीमा अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोरसँग रविको भेटवार्ता

दिल्लीमा अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोरसँग रविको भेटवार्ता

नेपालखबर
जेठ २२, २०८३ शुक्रबार ५:४८, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसिया हेर्ने विशेष दूत सर्जियो गोरबीच दिल्लीमा भेटवार्ता भएको छ।

बिहीबार साँझ लामिछाने र गोरबिच दिल्लीमा भेटवार्ता भएको हो। भेटमा दुईपक्षीय हितका विभिन्न विषयमा कुराकानी भएको रास्वपा स्रोतले जनाएको छ। 

रास्वपा सभापति लामिछाने सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणमा यही जेठ १८ गते दिल्ली गएका थिए। 

यसबिचमा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस जयंशकर, भाजपाका अध्यक्ष नितिन नवीन लगायत थुप्रै उच्च नेतृत्वसँग भेटवार्ता गरेका छन्।।

बिहीबार दिनभर पार्टी प्रवास कमिटीले आयोजना गरेको कार्यक्रम सकेर उनी साँझ  उत्तर प्रदेशको राजधानी लखनउ पुगेका छन्।

लखनउ विमानस्थलमा ओर्लिँदा उनलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ महाराज लगायत भारतीय जनता पार्टी (भाजपा) का नेताहरुले स्वागत गरेका छन्।

पाँच दिन लामो भारत भ्रमण सकेर आज लामिछाने स्वदेश फर्किने तालिका छ। 

सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी निकिता पौडेल, रास्वापाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, रास्वाका सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य सहभागी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad