समाज


काठमाडौँसहित ३७ जिल्लामा बाढीको जोखिम, सिन्धुपाल्चोकसमेत १८ वटामा ‘एल्लो अलर्ट’

काठमाडौँसहित ३७ जिल्लामा बाढीको जोखिम, सिन्धुपाल्चोकसमेत १८ वटामा ‘एल्लो अलर्ट’

फाइल तस्बिर


नेपालखबर
असार ३, २०८२ मंगलबार ९:३३, काठमाडौँ

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले हरेक दिनजस्तै आज (असार ३, मंगलबार) पनि सम्भावित बाढीबारे जानकारी र होसियारीका लागि चेतावनी जारी गरेको छ। 

जसअनुसार आजसमेत ३ दिन कोसी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै पूर्वी राप्ती, पश्चिम राप्ती, कन्काई, कमला, बागमती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने अनुमान छ। तर बाढी घटबढ भइरहने तथा नारायणी नदी र यसका प्रमुख सहायक नदीहरूको जलसतह सतर्कता तह आसपास रहने सम्भावना देखिएकाले नदी तटीय क्षेत्रमा सामान्य सतर्कता आवश्यक छ। 

बाढी महाशाखाले दिएको जानकारीअनुसार आज काठमाडौँसहित देशका ३७ जिल्ला र आसपासका क्षेत्रमा बाढीले जोखिम निम्त्याउने सम्भावना छ। 

आज पाँचथर, तेह्रथुम, ओखलढुंगा, ताप्लेजुङ, धनकुटा, भोजपुर, संखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, खोटाङ, काभ्रे, मकवानपुर, काठमाडौँ, गोरखा, तनहु, लमजुङ, कास्की, स्याङजा, पर्वत, बागलुङ, म्याग्दी, नवलपुरपूर्व, नवलपुरपश्चिम, अर्घाखाँची, पाल्पा, रुपन्देही, बाँके, दाङ, प्युठान, जाजरकोट, बैतडी, दार्चुला, बझाङ, डोटी, डडेलधुरा र आसपासका जिल्ला भई वहने अधिकांश ससाना नदीहरूमा बहाब सामान्य बढ्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आवश्यक छ। 

यीमध्ये बाढी महाशाखाले १८ जिल्लालाई भने पहेँलो रङ अर्थात् एल्लो अलर्ट दिएको छ। यो सूचीमा भोजपुर, संखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, खोटाङ, गोरखा, तनहु, लमजुङ, कास्की, स्याङजा, पर्वत, बागलुङ, म्याग्दी, नवलपुरपूर्व, पाल्पा र रुपन्देही छन्। 

यो बुलेटिन तयार पार्ने हाइड्रोलोजिस्ट इन्जनियर सौहार्द्र जोशीका अनुसार पहेलो रङले जलसतह सतर्कता तह आसपास पुग्ने र बाढीको मध्यम जोखिम रहेको संकेत गर्छ। अनि हरियो रङले जलसतह सतर्कता तहभन्दा तलै रहने र बाढीको न्यून जोखिम हुने संकेत गर्छ। सुन्तला रङले भने जलसतहले सतर्कता तह पार गर्ने र बाढीको उच्च जोखिम रहेको संकेत गर्छ। रातो रङले जलसतहले खतरा तह पार गर्ने र बाढीको अति उच्च जोखिम हुने संकेत गर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad