सान फ्रान्सिस्कोबाट मुम्बई आउँदै गरेको एयर इन्डियाको विमानमा प्राविधिक गडबडी भएपछि मंगलबार बिहान कोलकाता विमानस्थलमै यात्रु ओराल्नुपरेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार उडान नम्बर एआई१८० को विमान कोलकाता हुँदै मुम्बई जाँदै थियो। बोइङ ७७७-२००एलआर (वर्ल्डलाइनर) यो विमान गएराति १२:४५ बजे कोलकाता आइपुगेको थियो। बिहान २:०० बजे मुम्बईका लागि प्रस्थान गर्ने तालिका थियो।
तर विमानको बायाँ इन्जिनमा प्राविधिक गडबडी देखिएपछि बिहान ५:२० बजेतिर क्याप्टेनले यात्रुहरूलाई विमानबाट ओर्लन भने।
उनले उडान सुरक्षालाई ध्यानमा राखेर यो निर्णय गरिएको बताए।
618
Shares

प्रतिक्रिया