शिक्षक सेवा आयोगले लिने आन्तरिक प्रतिस्पर्धामा पनि अनुत्तीर्ण हुने शिक्षकले आर्थिक सुविधा पाउने भएका छन्।
प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले गठन गरेको उपसमितिले तयार पारेको विद्यालय शिक्षासम्बन्धी विधेयकको प्रतिवेदनमा ‘सीमित प्रतिस्पर्धामा अनुत्तीर्ण हुने राहत शिक्षक अनुदान कोटा र विशेष शिक्षा तथा प्राविधिक धारका शिक्षक तथा प्रशिक्षक अनुदान कोटामा कार्यरत शिक्षकले गरेको सेवा अवधिको आधारमा सरकारले निर्धारण गरे बमोजिमको आर्थिक सुविधा प्राप्त गर्न सक्ने’ उल्लेख गरिएकोछ ।
आन्तरिक प्रतिष्पर्धाका लागि छुट्याइएको ६० प्रतिशत सिटमा राहत शिक्षक अनुदान कोटा र विशेष शिक्षा तथा प्राविधिक धारका शिक्षकले प्रतिस्पर्धा गर्नेछन्। त्यसमा उनीहरु सफल हुन नसकेको खण्डमा सरकारले तोके बमोजिमको आर्थिक सुविधा लिएर उनीहरुले शिक्षण पेसा छोड्न सक्नेछन्।
त्यस्तै समितिको प्रतिवेदनमा आन्तरिक प्रतिस्पर्धा गरिएको ६० प्रतिशतमा पदमा पदपूर्ति पुरा हुन नसकेको अवस्थामा त्यसलाई सबैले प्रतिस्पर्धा गर्न मिल्नेगरी खुला गर्न मिल्ने व्यवस्था गर्न समेत सुझाव दिइएको छ।
Shares

प्रतिक्रिया