समाज


सबै प्रदेशमा वर्षा जारी, राति तराईमा चल्नेछ हुरी: मौसम महाशाखा

सबै प्रदेशमा वर्षा जारी, राति तराईमा चल्नेछ हुरी: मौसम महाशाखा

आइतबार दिउँसो पानी पर्दा काठमाडौँस्थित विमानस्थल क्षेत्र


नेपालखबर
जेठ ४, २०८२ आइतबार १८:२५, काठमाडौँ

हाल (आइतबार साँझ ६ बजे) कोसी प्रदेश र गण्डकी प्रदेशसहित देशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली र देशका बाँकी स्थानमा मौसम मुख्यतया सफादेखि आंशिक बदली छ। अनि सबै प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा पनि भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

महाशाखाका अनुसार आज राति कोसी प्रदेश, मधेस प्रदेश, बागमती, प्रदेश गण्डकी प्रदेश र लुम्बिनी प्रदेशसहित बाँकी तराई भूभागका थोरै स्थानमा र बाँकी पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

साथै कोसी प्रदेश र मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। अनि देशका उच्चपहाडी तथा हिमाली भूभागका ‍एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। मधेस प्रदेशसहित कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा हुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

हेर्नुहोस् मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन-

मौसमविद्का अनुसार २४ घण्टामा १० मिलिमिटरभन्दा कम पानी पर्नु हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नु मध्यम वर्षा, ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नु भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नु धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा माथि पानी पर्नु अति भारी वर्षा हो।  

यस्तै केही स्थानमा वर्षा भन्नाले सम्बन्धित भूभागको ५० प्रतिशत, थोरै स्थान भन्नाले २५ देखि ३० प्रतिशत र एक-दुई स्थान भन्नाले २५ प्रतिशतभन्दा कम ठाउँमा वर्षा हुन्छ भनेर बुझ्न सकिने मौसमविद् बताउँछन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad