समाज


मारवाडी युवा संगठनद्वारा अन्नपूर्ण बेस क्याम्पमा सरसफाइ

मारवाडी युवा संगठनद्वारा अन्नपूर्ण बेस क्याम्पमा सरसफाइ

नेपालखबर
बैशाख ११, २०८२ बिहिबार १५:३०, काठमाडौँ

नेपाल राष्ट्रिय मारवाडी युवा संगठनले अन्नपूर्ण बेस क्याम्प ट्रेकिङ तथा सरसफाइ गरेको छ।

मारवाडी युवा संगठनको आयोजनामा ‘अन्नपूर्ण बेस क्याम्प ट्रेकिङ तथा सरसफाइ अभियान’ सफलतापूर्वक सम्पन्न भएको अध्यक्ष मनोज अग्रवालले जानकारी दिए।

अध्यक्ष अग्रवालको नेतृत्व तथा उपाध्यक्ष एवं संयोजक नितेश महेश्वरीको समन्वयमा आयोजित यस अभियानमा ११ जना पुरुष र ४ जना महिला सहभागी थिए।

अभियानको क्रममा झिनु डाँडादेखि अन्नपूर्ण बेस क्याम्पसम्मको सम्पूर्ण मार्गमा नन–रिसाइकल फोहोर संकलन गरी सरसफाइ गरिएको थियो।

यो अभियानले पर्यावरण संरक्षण, पर्यटन मार्ग सफा राख्ने दायित्व र सामाजिक चेतना अभिवृद्धिमा महत्वपूर्ण सन्देश दिएको संगठनको दाबी छ।

नेपाल राष्ट्रिय मारवाडी युवा संगठनले आगामी दिनहरूमा पनि यस्ता सामाजिक र पर्यावरणीय अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad