समाज


चट्याङ लागेर १८ वर्षीय युवकको मृत्यु

चट्याङ लागेर १८ वर्षीय युवकको मृत्यु

नेपालखबर
चैत १०, २०८१ आइतबार ९:३२, काठमाडौँ

दैलेखमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ।

दुल्लु नगरपालिका-६ घर भएका १८ वर्षीय गगन खड्काको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। 

चट्याङ लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि दुल्लु अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो। 

शनिबार पानी परेको बेला भैँसी गोठमामा उनलाई चट्याङ लागेको थियो।  टाउकोमा चट्याङ लागेपछि बेहोस भएका उनलाई तत्काल उपचारका लागि दुल्लु अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad