ग्लोबल


टर्कीमा विरोध प्रदर्शन जारी, ३४३ जना गिरफ्तार

टर्कीमा विरोध प्रदर्शन जारी, ३४३ जना गिरफ्तार

इस्तानबुलका मेयर एकराम इमामोग्लुको गिरफ्तारीपछि टर्कीमा विरोध प्रदर्शन जारी छ।


नेपालखबर
चैत १०, २०८१ आइतबार ९:४९, काठमाडौँ

इस्तानबुलका मेयर एकराम इमामोग्लुको गिरफ्तारीपछि टर्कीमा विरोध प्रदर्शन जारी छ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानका प्रतिद्वन्द्वी एकराम इमामोग्लुलाई बुधबार पक्राउ गरिएको छ।

इमामोग्लुलाई यो कारबाही २०२८ को राष्ट्रपति पदको उम्मेदवारका रूपमा छनोट हुनुभन्दा केही दिन अघि गरिएको हो।

यसपछि इमामोग्लुका समर्थकहरू सडकमा उत्रिएका हुन्। बिहीबारदेखि प्रहरी र प्रदर्शनकारीबीच झडप भइरहेको छ।

टर्कीका अधिकारीहरूले विरोध प्रदर्शनको तेस्रो दिन शुक्रबार राति देशभरबाट ३४३ जनालाई पक्राउ गरिएको बताएका छन्।

इमामोग्लु शनिबार इस्तानबुल अदालतमा उपस्थित भए र अभियोजकहरूले आतंकवाद र भ्रष्टाचारको आरोपमा उनलाई औपचारिक गिरफ्तारीका लागि अपिल गरे।

इमामोग्लुले आफूलाई लगाइएका आरोप अस्वीकार गरेका छन्।

आफ्नो भाषणमा एर्दोगानले बढ्दो विरोध प्रदर्शनको निन्दा गरेका छन्। उनले इमामोग्लुको विपक्षी रिपब्लिकन पिपुल्स पार्टी (सीएचपी) लाई 'शान्ति खलबल्याउने र जनतालाई ध्रुवीकरण गर्ने' प्रयास गरेको आरोप लगाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad