सगरमाथा संवादमा विश्वकार ४५० जना प्रतिष्ठित व्यक्ति सहभागी हुने भएका छन्।
जेठ २-४ गतेसम्म काठमाडौँमा आयोजना हुने संवादबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सगरमाथा संवाद सचिवालयका सदस्य सचिव महेश्वर ढकालले जानकारी दिए।
गत माघ ८ गते अन्तर्राष्ट्रिय हिमनदी वर्ष, २०२५ का अवसरमा प्रधानमन्त्री ओलीले सो संवाद कार्यक्रम काठमाडौँमा गर्ने घोषणा गरेका थिए।
पहिलो दिन
संवादको पहिलो दिन हिमनदी संरक्षणका विषयमा तत्काल गर्नुपर्ने कामबारे छलफल हुनेछ।
सोही दिन टापुहरूलाई उच्च पहाडी क्षेत्रसँग जोड्नेबारे संवाद हुनेछ। पहिलो दिन नै खाद्य सुरक्षा तथा कृषि पुनरोत्थान, पहाडी क्षेत्रमा समुदायद्वारा प्रवर्द्धन गरिने क्रियाकलापबारे पनि छलफल गरिने बताइएको छ।
दोस्रो दिन
जलवायुजन्य प्रकोप: जोखिम न्यूनीकरण र पुनरोत्थानबारे छलफल हुनेछ। यो दिन हिमालको जोखिमका लागि भएका अनुगमन र यसको उपलब्धिबारे पनि छलफल हुने बताइएको छ। त्यस्तै हिमालमा भएका क्षतिलाई न्यूनीकरण गर्दा भएका प्रयासबारे पनि छलफल हुनेछ।
तेस्रो दिन
यो दिन संवादको समापन दिन हो। समापनको दिन संवादमा सहभागी हुन आएका पाहुनालाई हवाइफ्लाइटमार्फत सगरमाथा क्षेत्र अवलोकनका लागि लगिनेछ।
Shares

प्रतिक्रिया