समाज


युएई र कतारबाट संक्रमितसँग आएका ३२६ यात्रु खोज्दै प्रहरी

युएई र कतारबाट संक्रमितसँग आएका ३२६ यात्रु खोज्दै प्रहरी

नेपालखबर
चैत १३, २०७६ बिहिबार ७:३५,

फ्रान्सबाट कतारको दोहा हुँदै फर्किएकी युवतीसँग आएका यात्रुलाई क्वारेन्टिनमा राख्न नपाउँदै प्रहरीले युएईबाट आएका यात्रु खोज्न थालेको छ।

युएईबाट आएका युवामा कोरोना संक्रमणको बुधबार पुष्टि भएपछि प्रहरीले उक्त विमानमा आएकालाई पनि क्वारेन्टिनमा राख्न उनीहरुको खोजी थालेको हो।

चैत ६ गते दुबईबाट शारजहाँ हुँदै काठमाडौँ आएको उक्त विमानमा १ सय ७० जना यात्रु रहेको विमानस्थल श्रोतले जानकारी दिएको छ। उनीहरुको विवरण संकलन गरेर खोजी गर्न र क्वारेन्टिनमा राख्नका लागि स्थानीय तहसम्मै परिपत्र गर्ने तयारी भएको छ।

सम्बन्धित जिल्लाको प्रशासनमार्फत स्थानीय तहलाई नै परिचालन गर्ने तयारी भएको हो।

यसअघि दोहाबाट आएका १ सय ५८ यात्रुमध्ये थोरै मात्र सम्पर्कमा आएका छन्। धेरैजसोको खोजी भइरहेको छ। उनीहरुको खोजी पन ियसैगरी गरिएको छ। जिल्ला प्रशासनले उनीहरुलाई खोजी गर्न सम्बन्धित स्थानीय तहलाई नै भनिएको छ।

कोरोना संक्रमण पुष्टि भएका धादिङका युवालाई टेकु अस्पतालको आइसोलेसनमा राखिएको छ।

संक्रमित युवा शारजहाँबाट एयर अरेबियाको जहाजको फ्लाइट नम्बर जी ९ ५३७ मार्फत काठमाडौँ आएका हुन्।

जहाज बेलुका १० बजेर ९ मिनेट जाँदा त्रिभूवन विमानस्थलमा अवतरण भएको थियो। संक्रमित युवा काठमाडौं आएपछि सेल्फ क्वारेन्टिनमा समेत नबसेको पाइएको छ। उनी राजधानीकै एक होटलमा बसेका थिए।

चैत १० गते अस्वस्थ महसुस भएपछि टेकू अस्पतालमा परीक्षण गरिएको थियो। उनीको स्वास्थ्य परीक्षणको रिपोर्टमा कोरोना संक्रमणको पुष्टि भएको हो।

नेपालमा हालसम्म तीन जना संक्रमित भेटिएकोमा तीनै जना विदेशबाट फर्किएका हुन्। पहिलोपटक भेटिएका संक्रमित चीन, दो्स्रो फ्रान्स र तेश्रो युएईबाट आएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad