साउथ चाइना मर्निङ पोस्टका अनुसार अमेरिकाले कोरोना भाइरसलाई वुहान भाइरस भनिनु पर्ने र कोरोना भाइरस फैलनुको कारण चीन भएको अमेरिकाले आफ्नो वक्तव्यमा उल्लेख गरेको थियो।
जी ७ विश्वको ठूलो अर्थतन्त्र भएका मुलुकको संगठन हो। जसमा क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान, बेलायत र अमेरिका समावेश छन्।
बुधबार जी ७ राष्ट्रका विदेशमन्त्रीबीच भिडियो सम्मेलन भएको थियो। उक्त सम्मेलनपछि संयुक्त वक्तव्य जारी गर्नुपर्ने थियो।
तर अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले वुहान भाइरस शब्द राखिनुपर्ने बताएपछि जी ७ को संयक्त वक्तव्य जारी भएन।
यद्यपी जी ७ राष्ट्रहरु कोरोनाविरुद्ध एक भएर लड्ने विषयमा भने सहमत भएको अधिकारीहरुले बताएका छन्।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि कोरोना भाइरसलाई क्षेत्रीय र जातीय नाम दिएका थिए। उनले कोरोना भाइरसलाई चिनियाँ भाइरस भन्ने गरेका थिए।
विश्व स्वास्थ्य संगठनले जातीय र क्षेत्रीय हिसाबमा भाइरसको नामाकारण नगर्न चेतावनी दिएपछि ट्रम्पले कोरोना भाइरस नै भन्न थालेका छन्।
यसबीचमा पोम्पियोले कोरोना भाइरसलाई वुहान भाइरस भनिनुपर्ने बताएका हुन्। तर जी ७ राष्ट्रले पोम्पियोको भनाइ गलत भ एको भनेर आलोचना गरेका छन्।

प्रतिक्रिया