नेपाल बार एसोसिएसनको निर्वाचनमा सत्तारूढ दुई दल नेकपा एमाले र नेपाली कांग्रेस निकट कानुन व्यवसायीका संगठनले गठबन्धन गरेका छन्।
अध्यक्षमा नेपाली कांग्रेसनिकट डीएलएका विजयप्रसाद मिश्र र महासचिवमा एमालेनिकट पीपीएलएका केदार कोइरालालाई उम्मेदवार बन्ने भएका हुन्
मिश्र नेपाल बारका पूर्वमहासचिव हुन्।
आउँदो चैत २३ गते बारमा २५ सदस्यीय नयाँ कार्यसमिति चयनका लागि मतदान हुँदै छ।
आज बिहीबार बिहान ११ बजेदेखि साँझ ३ बजेसम्म उम्मेदवारी दर्ता गर्ने तालिका निर्वाचन समितिले सार्वजनिक गरेको छ।
आजै उम्मेदवारी दर्ता हुनेछ।
11.1k
Shares

प्रतिक्रिया