राजनीति


कांग्रेस बलियो भएमात्रै नेपाल समृद्ध मुलुक बन्छ : शेरबहादुर देउवा

कांग्रेस बलियो भएमात्रै नेपाल समृद्ध मुलुक बन्छ : शेरबहादुर देउवा

नेपालखबर
फागुन २२, २०८१ बिहिबार १२:३८, काठमाडौँ

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रमा मात्रै सबै वर्गको अधिकार सुनिश्चित हुने बताएका छन्।  

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा नेपाल भूतपूर्व सैनिक संघको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले नेपाली कांग्रेस बलियो पार्टी भएमात्रै नेपाल समृद्ध बन्ने बताएका हुन्। 

'लोकतन्त्रमा मात्रै सबै वर्गको अधिकार सुनिश्चित हुन्छ। सबै भ्रातृ एवं शुभेच्छुक संस्था बलियो भए हाम्रो नेपाली कांग्रेस पार्टी बलियो हुन्छ,' उनले भने, 'नेपाली कांग्रेस बलियो पार्टी भएमात्रै नेपाल समृद्ध मुलुक बन्नसक्छ। यसमा विशेष ध्यान दिन मेरो अनुरोध छ।’

उनले नेपाल भुतपूर्व सैनिक संघमा समस्या रहेको कुरालाई बुझेर आफूले समाधानका लागि पहलकदमी गरिरहेको बताए। 

देउवाले गोरखा भर्ति केन्द्रका बारेमा सरकारसँग कुरा भइरहेको पनि जानकारी गराए। 

‘नेपाल भुतपूर्व सैनिक संघमा साथीहरुको समस्या नभएको होइन । यसमा स्पष्ट छु । गोरखा भर्ती केन्द्रका बारेमा सरकारसँग कुरा भइरहेको छ,' उनले भने,'साथीहरुको सुझाव लिएर भोलिका दिनमा समस्या समाधानका लागि कूटनीतिक तहमा कुरा अगाडि बढाइनेछ। नेपाली भुपू सैनिकमा पेन्सनको जुन विभेद छ, त्यसप्रति म जानकार छु। समस्या समाधानका लागि हामी लागिरहनेछौँ।'  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad