समाज


बनेपाको होटलमा २३ वर्षीया युवती मृत फेला, सँगै गएका युवक फरार

युवतीसँगै होटलमा गएका युवक २५ मिनेटपछि कोठाबाट बाहिरिएका थिए
बनेपाको होटलमा २३ वर्षीया युवती मृत फेला, सँगै गएका युवक फरार

युवती मृत भेटिएकाे बनेपाकाे भ्यू पाहुना घर होटल


नेपालखबर
फागुन १६, २०८१ शुक्रबार १०:२५, काठमाडौँ

काभ्रेको बनेपामा रहेको एक होटलमा युवती मृत भेटिएकी छन्। बनेपा नगरपालिका- ८ मा रहेको भ्यू पाहुना घर होटलमा २३ वर्षीया युवती बिहीबार साँझ मृत भेटिएकी हुन्।

मृत भेटिएकी युवती बनेपा नगरपालिका- ६ सुडोल निवासी २३ वर्षीया शर्मीला श्रेष्ठ रहेकी जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक दिनेशबहादुर कुँवरले जानकारी दिए। 

‘होटलको दोस्रो तलामा रहेको कोठा नम्बर ११५ मा उनी मृत भेटिएकी हुन्,’ प्रहरी निरीक्षक कुँवरले नेपालखबरसँग भने, ‘दुईवटा बेड भएको रुमको एउटा बेडको बीचमा उनको शव फेला परेको हो। हामी थप अनुसन्धानमै छौँ।’

युवतीसँगै होटलमा गएका रामेछापका एक युवक करिब २५ मिनेटपछि कोठाबाट निस्किएको देखिएको उनले बताए। ‘ती युवक अहिले फरार छन्। हामी उनको खोजीमा छौँ,’ इन्सपेक्टर कुँवरले भने। प्रहरीले उनकाे नाम खुलाएकाे छैन।

युवतीको हत्या भएको हो कि होइन, आफूहरु अनुसन्धानमै रहेको उनले बताए। ‘हामी अनुसन्धानमै छौँ। पोस्ट मार्टमपछि हत्या हो कि होइन खुल्छ,’ उनले भने, ‘अहिले नै हत्या भन्न मिल्दैन। बेडको बीचमा शव थियो। उनीसँग गएका युवक फरार छन्। युवक २५ मिनेट जति कोठामा बसेपछि बाहिर निस्किएर फरार भएका हुन्।’

मृत भेटिएकी युवती बनेपाकै एक मेडिकलमा कार्यरत रहेको स्थानीयले बताएका छन्। तर, प्रहरीले भने यस विषयमा केही भनेको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad