भारतीय राज्य ओडिसाको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीले प्रहरीसहितको समूहले आफूहरूलाई कुटपिट गरेको बताएका छन्।
केआईआईटीमा बी-टेक तेस्रो वर्षमा पढ्ने नेपाली छात्रा प्रकृति लम्साल आइतबार साँझ होस्टेलमा शंकास्पद अवस्थामा मृत भेटिएपछि त्यहाँ पढ्ने नेपाली विद्यार्थी न्याय माग गर्दै विरोध प्रदर्शनमा उत्रिएका थिए।
विरोध प्रदर्शनबाट होस्टल फर्केपछि होस्टेल सिल गरेर कलेजका डिन, सादा पोसाकका प्रहरी र ठूलो संख्यामा गार्ड, स्थानीय गुन्डाहरू नेपाली विद्यार्थीहरूको कोठामा घुसेर आफूहरूलाई घिसार्दै निर्ममतापूर्वक कुटपिट गरेको रितेश साहले उल्लेख गरेका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज बिहान हामी हाम्रो विरोध प्रदर्शनबाट होस्टल फर्केपछि होस्टल सिल गरियो। त्यसको केही समयपछि कलेजका डिन, सादा पोसाकमा रहेका प्रहरी अधिकारीहरू र ठूलो संख्यामा गार्डहरू, स्थानीय गुन्डाहरू हाम्रो होस्टलमा घुसे। जबर्जस्ती नेपाली विद्यार्थीहरूको कोठामा प्रवेश गरे र हामीलाई घिसार्दै बाहिर निकाले र निर्ममतापूर्वक कुटे।’
उनले घटनास्थलको भिडिओसमेत सामाजिक सञ्जालमा राख्दै नेपाली विद्यार्थीहरूलाई छुट्टाछुट्टै अज्ञात स्थानमा छाडेको उल्लेख गरेका छन्।
भिडिओ-
सम्बन्धित खबर-
- भारतमा नेपाली विद्यार्थी मृत्यु प्रकरणबारे कूटनीतिक तबरले बुझ्ने काम भइरहेको छ : प्रधानमन्त्री ओली
- भारतमा नेपाली विद्यार्थी मृत्यु प्रकरणमा दूतावासले भन्यो- घटनाको निष्पक्ष अनुसन्धान होस्
- केआईआईटीको तेस्रो विज्ञप्ति : दुर्भाग्यपूर्ण घटना घट्यो, नेपाली विद्यार्थी कक्षामा फर्किनू
- केआईआईटीले भन्यो : आरोपी युवक पक्राउ परिसके, नेपाली विद्यार्थीमाथिको अस्थायी प्रतिबन्ध हटाइयो
- केआईआईटीमा नेपाली छात्राको मृत्यु प्रकरणमा अखिल क्रान्तिकारीको आपत्ति
- नेपाली विद्यार्थी मृत भेटिएको घटना अनुसन्धान गर्न भारतीय विद्यार्थी परिषद्को माग
Shares

प्रतिक्रिया